सेनाले बिकियाको परिवारलाई गाउँ छोडेर बसाईं सर्न बाध्य बनाएपछि निकुञ्ज बाहिरको अर्को गाउँमा जमीन भएका नातेदारकहाँ आश्रय खोज्दै पुगे । बिकियाको परिवारले आफ्नो जमीनकोलागि अदालत धाए, धेरै जोड लगाए तर त्यो संघर्षमा पराजित भए । उनका अनुसार विगतमा बसोबास सर्न बाध्य बनाइएका मानिसले जमीन पाउँदैनथिए । निकुञ्जभित्रको आफ्नो जमीन र पतिलाई गुमाएपछि बिकियाले दैनिक ज्यालाकालागि श्रम गर्नुपरेको छ । उनी भूविहिन तथा गरीब भएकीछिन् । उनी भन्छिन् – निकुञ्जभित्र ठूलो जमीनमा खेतीपाती गर्दाको असल जिन्दगी अहिले हराएको छ । उनले आफ्नो जमीन मात्रै हैन जीवनस्तर र विशेषगरि आफ्नो स्वाभिमान पनि गुमाएकी छिन् ।
निकुञ्जको निर्धारित परिधिभित्रका गाउँहरूलाई सैनिकहरूले जबर्जस्ति बाहिर निकाले । घर जलाइए, हात्ती लगाएर घर भत्काइए र बालीनाली नाश गरिए र महिला, पुरुष र बालबालिकालाई बन्दुक देखाएर धम्क्याउने कामसम्म भयो।
पदमपुरबासी र सैनिकहरूबीच धेरै द्वन्द्व भए । सेनाले गाउँको केही जमिन हड्प्यो, तर गाउँलेले संघर्ष जारी राखे । सेनाले हडपेको जग्गामा गाउँलेले जोत्न खोजे तर सेनाले उनीहरूलाई निर्घात कुट्यो । आफ्नो जमीनमा लामो समयदेखि बसोबास गर्दैआएको प्रमाण ती जमीनको लालपुर्जा अझै पनि छ पदमपुरबासीसँग । लामो समयदेखि पदमपुरबासीहरू आफ्नो खेतीबालीमा वन्यजन्तुको अतिक्रमण, सेनाको निरन्तर निगरानी तथा परम्परागत स्रोतसाधन तथा चरनक्षेत्रमा पहुँचबाट वन्चित भएर पीडित छन् ।
जोआन म्याक्लिनको "संरक्षण र नेपालको चितवनका थारुमा पुनःस्थापनाको प्रभाव" बाट उद्धरण गरिएको
हिमालय १९(२)
१९९९
आप्रवासीहरूको शहर नारायणघाट वन फँडानी गरिएको क्षेत्रमा फैलिँदै ।
फोटो - रिचर्ड पिट एन्डरिउस
१९६८
भालुभुटेको कथा
"एउटा लेफ्टन (लप्टन) थियो । लेफ्टन अलिकता रिसाउनी धेरै । जस्लाई पनि गाली गर्ने । त्यस्तै चित्त बुझेन भने चप्पलले हानि हाल्ने । थारुहरूलाई (मात्र) नभइकन त्यो कर्मचारीहरूलाई पनि पिटिहाल्ने । जस्लाई पनि कुरा गर्दाखेरिमा मान्छेलाई नाम नबोलाईकन (नछाड्ने) । "ए भालुभुते!" जस्लाई पनि भालुभुते भन्थ्यो । त्यो अरुलाई भालुभुते भन्दाभन्दा त्यसैलाई पनि 'भालुभुते लेफ्टेन',’भालुभुते’ (भन्थ्यौँ) भालुभुते भनेपछि । अरुलाई भालुभुते भन्दाखेरिमा त्यसैलाई (पनि) भालुभुते भनेर प्रख्यात भएको - गोविनरसिंह । गोविनरसिंह बेकुफ थियो । सन्निर कुमार केरे… बिना बिभागिय मंत्री थियो । त्यो जङ्गल…जुन यो ठाउँठाउँमा यहाँ बस्ती सार्यो नि, त्यसैको अध्यक्ष कि के-के के-के थियो उनीहरू । उनीहरू आएर ठाउँठाउँमा हेरेर यहाँबाट सिकारीबास सम्म पुरै हेर्दैहेर्दै गएर अनि बस्ती सारे । उनीहरू(ले) सन्झौठको उत्तरपट्टी पुरै रातीको छेउ-छेउमा पुरै (सारे) । राजा महेन्द्रको पालामा समुचे पहाडबाट आह्वान गरेको थियो नि, जो पनि आएर “यहाँ आउनोस् जमीन यहाँ पाइन्छ” । अब पहिले उतातिर राप्तीपारी बलौदको उतातिर भनौँ न यो प्रख्यानीको उत्तर साइडतिर गितानगर यो सब पुरै बस्ती बसाल्यो नि । त्यो लाइन बस्ती बसाल्दाखेरिमा उतिखेर मान्छेहरूको त्यो टाइममा पनि बस्ती न…(नपाएर) । कमीसनको बेलामा त्यो बस्ती बसालीहाले । त्यो जमीन पाइहाले । त्यहाँबाट पहाडबाट झरेको मान्छे आफ्नै मनखुसी राप्तीको छेउछाउमा फडानी गरेर बस्ती थाले … बस्ती बस्न थाले । त्यो बस्तीलाई हटाएर उनीहरू(ले) यतातिर सारे ।"
स्वर - केवल चौधरी
बगौडा
भरतपुरको जिल्ला कृषि विकास कार्यालयनजिक नयाँ घरहरू बन्दैगरेको दृश्य।
फोटो - रिचर्ड पिट एन्डरिउस
१९६७
Photos by Richard Pete Andrews
1967
यात्रीहरू नारायणघाटबाट नदिमुनि तर्फ पीतौजी घाट हुँदै नारायणी नदी पार गर्छन्। घिसारेर भारत लैजानका लागि काठका मुडाहरू नदीभरी तेर्साएर राखिएका छन् ।
फोटो - डेभ होल
१९६७

माटो, भुइँ, जमीन कुनै समय स्थायीत्व, जीवन्तता र सन्तुलनका भरपर्दा रुपक थिए तर अहिले निरङ्कुश मानवनिर्मित विपत्तिकालागि पात्र मात्रै बनेको छ ।
चितवन यस्तो ठाउँ हो जहाँको माटोमा नेपालको जमीनलाई निर्माण र विनाश गर्ने सबैभन्दा नाटकीय परियोजनाहरूको अभिलेख रहेको छ । सम्पूर्ण अर्थतन्त्रहरू नै पैँचोमा लिइएको समयमा चल्ने भएपनि एन्थ्रोपोसिनको निहित आग्रह – असीम वृद्धि, अतिसघन उत्खनन्, विकास र उत्पादकत्व – ले जमीनबाट झन् झन् धेरै उब्जनी र उत्पादन माग्दछ ।
राम्रो माटो प्रचूर हुँदैन – थारुहरूले यो सत्य सधैँ बुझेकै हुन्, र अहिले झनै गाम्भीर्यसहित बुझेका छन् । देश काल परिस्थितिमा विशिष्ट क्रियाहरू दोहोर्याईनुबाट माटोको गुण र एकरूपता स्थापित हुन्छ । माटो भौगर्भिक विगतबारे अभिलेख र वर्तमानको काया हुनुकासाथै माटो पृथ्वीको स्वनविकरण तथा वायुमण्डल निर्माणको भौतिक आधार पनि हो । आदिवासी जिउनी माटोको स्वाभिमानको शर्तमा अडेका हुन्छन् – माटोबाट जे लिइन्छ त्यसलाई माटोमै फिर्ता दिइन्छ ।
आधुनिक बन्ने आदेशपालना गर्ने क्रममा आदिवासीपनलाई त्याग्नु जमीनसँगको दीगो सम्बन्ध र पृथ्वीको सतहको हितबारे सावधानी पनि त्याग्नु हो । पृथ्वी एकमात्रै हाम्रो मानक हो र रहनुपर्छ भन्ने मान्यतालाई त्याग्नु हो ।

विषाक्त माटो
"त्यो बेला हामीलाई रोगले त्यति भेट्दैनथ्यो थारु जातिलाई । हामी ओरिजिनल खाना खाएपछि । जस्तो विषादी खाएको थिएन । हो, यही बिखले गर्दा हो यो अनेक रोग शरीरमा । अब त्यो बिख नहालेपछि धानमा, तोरीमा खेती भएन, हाल्नैपर्यो हैन ? त्यसैले गर्दा यो विषादी खाएर अनेक रोग शरीरमा बोकीराखेछौँ । यस्तैयस्तै अब आँखा कम्जोर हुने, अनि हातखुट्टा पनि कम्जोर हुने, अनि शक्ति पनि कम्जोर हुने । यस्तैयस्तै गर्दाखेरि अनि यो खेतीपातीको, बालीनालीको बिख खाएर हामी चाहिँ त्यस्तो अवस्थामा भएछौँ । अब के गर्ने होला ? सरकारले पनि हेर्दैनन्, हैन ? सरकारले पनि हेर्दैन हाम्रो सबै यो बिख हालेको । हाल्नुपर्दैन भनेर सुझाव दिनुपर्ने । अब बिख नहालीकन अन्न उब्जिदैँन । के गर्ने अब ?"
स्वर - लीला कुमारी चौधरी
चितवनमा कुनै समय लोकप्रिय धानका प्रजातिका संरक्षित बिऊ । रैथाने धानका पुराना जात पनि भूत बनेका छन् – चितवनको बहुप्रजातिय सञ्जालबाट केही प्रजाति लोप भएका छन् भने केही अन्य प्रजाति बनाइएका र विनाश भएका पर्यावरणहरूबारे दुखद सम्झना मात्र बनेका छन् ।
कर्टसी - नेपाल जिन बैंक
.
प्रकृतिमाथि सम्पूर्ण नियन्त्रण कायम गर्ने महत्त्वाकांक्षाको प्रेत । चितवनमा डीडीटी स्प्रेको बट्टाले इतिहासको लेपन जम्मा गर्दै ।
कर्टसी - झोका चौधरी



चितवनमा विदेशी रासायनिक मलको आगमन
फोटो - रिचर्ड पिट एन्डरिउस
१९६७
चितवनका अप्रवासी बासिन्दालाई ‘कृषि विस्तार कर्मचारी’ को रूपमा विकासे प्रजातिका बाली र रासायनिक मलको प्रयोगबारे तालिम दिइँदै ।
फोटो - रिचर्ड पिट एन्डरिउस
१९६७
नेपालमा सन् १९६६ मा भित्र्याइएको धेरै उब्जनी दिने मेक्सिकन ‘चमत्कारी गहुँ’ को प्रजाति । गहुँको यो होचो प्रजाति रासायनिक मलको सहायताले सुख्खा मौसममा १२ इन्च भन्दा कम वर्षामा पनि उब्जाउन सकिन्थ्यो ।
फोटो - रिचर्ड पिट एन्डरिउस
१९६७
Photo by Richard Pete Andrews
1968
नारायणघाटमा आफ्ना बारी गोड्दै नयाँ आप्रबासीहरू ।
फोटो - बिल हान्सन
१९७०
.
.

अनुसन्धान परामर्शदाताहरू
बिरेन्द्र महतो, अल्स्ट्न डिसिल्वा, अशोक थारु,
छबिलाल न्यौपाने, उल्रिक मूलर-बुकर
थप समर्थन
निशान्त शिल्पकार, बिराज महर्जन, तृप्ती तामाङ पाख्रीन, सागर क्षेत्री, दिशेभ राज श्रेष्ठ,
थोमस पोउपेज, बुनु ढुंगाना, सृष्टि श्रेष्ठ
थप सहयोग
सीमान्तकृतहरूको इतिहासलाई दस्तावेज, अभिलेख र प्रस्तुत गर्ने नेपाल पिक्चर लाइब्रेरीको जारी प्रयत्नको एक हिस्साको रूपमा इण्डीजिनियस पास्टस्, सस्टेनेबल फ्युचर्स (आदिवासी इतिहास, दिर्घकालीन भविष्य) नेपाल पिक्चर लाइब्रेरीले सन् २०१९मा थालनी गरेको एक अनुसन्धानात्मक योजना हो। अनुसन्धान, अभिलेख निर्माण र कथाबाचन मार्फत परियोजनाले आदिवासीता, पर्यावरण र आधुनिकता विषय वरपरका संवादको पुनः कल्पना गर्ने जमर्को गर्दछ। यसले वर्तमान पर्यावरणिय संकटको सन्दर्भमा सोच्ने तथा सिर्जना गर्ने तरिकाहरूको परिक्षण गर्दछ।
आभार
कृषि तथा वन विज्ञान विश्वविद्यालय, अजय कार्की, आशीष गोपाल परियार, बाजीराम महतो, बाल गोविन्द चौधरी, भवानी तावा, बिधेशनी चौधरी, बिका चौधरी, बिपुल पोखरेल, चन्द्र पी. चौधरी, चिजमनी चौधरी, डेव राउन्डस्, दिनेश सुवेदी, जीन बैङ्क नेपाल, हन्ना श्नाइडर, हरि शरण पाठक, इन्द्र राज चौधरी, इन्दु चौधरी, जनक राई, झोका चौधरी, कैलाश राई, केवल चौधरी, कृष्ण हरि घिमिरे, कृष्ण कुमार मिश्र, कृष्ण चौधरी, लहिया चौधरी, लाल बहादुर बोटे, लीला कुमारी चौधरी, मधुराज केरुङ्ग, मन्सु चौधरी, निर्हुरी चौधरी, राम दीन चौधरी, रुख गुरुङ्ग, सबिन निङ्लेखु, सन्जीब चौधरी, सोम बोटे, सुकाली राउत, सुलोचना गौतम, नापी विभाग
फोटो श्रेय
अमृत बाहादुर चित्रकर, बिल हान्सन, डेभ होल, मनगनी राउत, नेपाल पिक्चर लाईब्रेरी , पीस कोर्प्स नेपाल फोटो प्रोजेक्ट - डग हल, रिचर्ड पिट एन्डरिउस,समग्र शाह, नापी विभाग, उल्रिक मूलर-बुकर
प्रदर्शनी क्युरेटर
दिवस राजा केसी
कार्यक्रम क्युरेटर
नयनतारा गुरुङ कक्षपती
अनुसन्धान
युत्सा दाहाल
देवान राई
मल्टिमिडिया
समग्र शाह
परिसम्पत्ति र डिजाइन
शिखर भट्टराई
नेपाल पिक्चर लाईब्रेरिको प्रदर्शनी






















