फोटो - अमृत बहादुर चित्रकार
नेपाल पिक्चर लाइब्रेरी
बसाईं सरेर आएका नयाँ मानिसभन्दा आफूलाई भिन्न बताउन थारुहरू अझै पनि आफूलाई वनका मान्छे भनेर चिनाउँछन् । जंगल उनीहरूका लागि परिचित परिवेश हो जहाँको प्रचुर जैविक स्रोतलाई उनीहरूले चिनेका छन् र दक्षतासहित उपभोग गर्न सक्छन् । ‘वन जानु’ अझैपनि मनपर्ने गतिविधि हो – तर त्यसमा पनि वनप्रति झन्डै डर जस्तै आदरभाव झल्किन्छ । त्यसैले पनि पहाडियाहरूको अभ्यासभन्दा भिन्न थारुहरू ठूलो समूहमा मात्रै वन पस्छन् । आफू एक्लै जानुपरे डर लाग्ने बताउँछन् । तर यो डर सतही रूपमा मात्रै गैँडा, बाघ वा भालुबारे हुन्छ – थारुहरूलाई ठूलो डर त वनदेवता र भूतप्रेत कै लाग्छ । तर यिनकै उपस्थितिले पनि उनीहरूलाई वन जान उक्साईरहेको हुन्छ । यिनै वनदेवता र भूतप्रेतका कारण उनीहरू जंगलमा ‘नराम्रो काम’ गर्दैनन् ।
उल्रिक मूलर-बुकरको "चितवनका आवाज: थारु मौखिक परम्पराका केही उदाहरण” बाट उद्धरण गरिएको
१९९९
थारुको दृष्टिकोणमा चितवन्को इकोटोप
मस्यौदा - उल्रिक मूलर-बुकर
Courtesy of Ulrike Müller-Böker

फोटो - अमृत बहादुर चित्रकार
नेपाल पिक्चर लाइब्रेरी
.
वन र धनको कथा
“धेरै पहिले इश्वरले धन बाँड्न सबै मानिसहरूलाई भेला पारे। पहाडिया, नेवार र थारु आदि सबै जातका मानिस इश्वरकहाँ जान बाटो लागे । धेरै समय हिडेपछि उनीहरू यौटा सुन्दर जंगलमा पुगे। थारुहरू राम्रो काठ खोज्दै जंगलमा अलमलिए तर बाँकीथरी मानिसहरू इश्वरलाई खोज्दै अघि बढिरहे। यसरी थारुहरूले इश्वरलाई खोज्न बिर्सिए। बाँकी सबै मानिस धन लिएर फर्किँदा थारुहरू भने जंगलबाट फर्किँदै थिए।”
बयान - सोम्ला महतो
कर्टसी - उल्रिक मूलर-बुकर
चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्न राप्ती नदी तर्दै थारु गाउँले। राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि स्थानीय बासिन्दाले पुष महिनाका केहि दिन मात्रै शुल्क तिरेर घर छाउन र घरेलु उपभोगका सामग्री बनाउन चाहिने खर र घाँस काट्न प्रवेश अनुमति पाउँछन्। यसले थारुहरूको बासस्थान निर्माणसम्बन्धी अर्थतन्त्रलाई नाटकीय रूपमा परिवर्तन गरेको छ।
फोटो - उल्रिक मूलर-बुकर
१९८७
समयद्वारा स्थानको संकुचन : द्रुतमार्ग तथा मोटरगाडीको तेज गतिको प्रभाव।
जब दुरी घट्छन र कालबेला तथा स्थानप्रतिको हाम्रो अभिमुखिकरणमा परिवर्तन हुन्छ तब शहरी अर्थतन्त्रले सेरोफेरोका क्षेत्रबाट आउने श्रम तथा सामग्रीको आपूर्तिलाई आफूमा समाहित र नियन्त्रण गर्छ। काठमाडौँका उच्च वर्ग र तिनका विदेशी मित्रहरूको दक्षतन्त्रवादी परिकल्पनाले चितवनलाई सीमान्त विस्तारको मैदान मानेको छ जहाँ आदिवासी थारुहरूले बसोबास र उपभोग गर्दै आएको जमीनलाई ‘बाँझो’ र ‘नछोइएको’ भनेर अर्थ्याउन सकिन्छ। जुन सन्दर्भ निर्माण गरेपछि मात्रै थारुहरू र उनीहरूको जिउनीको विस्थापनलाई ‘सरल’ बाट ‘विकसित’ समाजतर्फ जाने ऐतिहासिक विकासक्रमबारे मिथ्या भाष्यको सहारामा व्याख्या गर्न सम्भव हुन्छ।
आधुनिकताका भौतिक तथा सांकेतिक योजना कार्यान्वयन गर्ने थलोका रूपमा चितवनलाई छानिएपछि ठूलो संख्यामा बसाईं सरेर पहाडी आप्रवासीहरू आइपुगे। त्यसो गरेर उनीहरूले राष्ट्र विकासको वेगमा आफ्नो भविष्य पनि सामेल गरेका थिए। उनीहरू कालखण्ड तथा स्थानविशेषमा अभिमुख हुनु तथा उनीहरूले अमूक स्थान ओगट्नु नै थारुहरू विलुप्त हुनुको कथा हो जसको चितवनमा साक्षात उपस्थितिलाई अवशिष्टता र अकालसंगत मानिन्छ।
समयप्रवाहबाट थारुहरूलाई विस्थापन गर्नु अर्थात् समसामयिक वा भावी जीवनबारे निर्णयमा उनीहरूसँग मन्त्रणा गर्ने अवश्यकता निर्मूल गर्नु।
भविष्यबाट अनुपस्थित बनाइएका जमातलाई वर्तमानमै उनीहरूको बासस्थान तथा पर्यावरणसँगै नाश गर्न सम्भव हुन्छ।
चितवनमा आधुनिक प्रविधिद्वारा नयाँ सीमान्त निर्माणको झाँकी । पूर्वाधार तथा एकीकृत अर्थतन्त्र निर्माण सम्भव बनाउन जंगल फडानी गर्दै डोजर ।
फोटो - डेभ होल
१९६७
फोटो - अमृत बहादुर चित्रकार
नेपाल पिक्चर लाइब्रेरी
हेटौडास्थित टिम्बर कर्पोरेशन पठाउन भालुखोला नजिक सिमलका मुढा छान्दै र तह लगाउँदै क्रेनचालक ।
फोटो - डेभ होल
१९६७
फोटो - अमृत बहादुर चित्रकार
नेपाल पिक्चर लाइब्रेरी
फोटो - डेभ होल
१९६७
औलोको डर हटेपछि एक आप्रवासीले भनेझैँ ‘घारबाट मौरी ओइरिए झैँ’ पहाडीहरू चितवन उपत्यकामा बसाईं सरेर आइपुगे। सन् १९६२ सम्ममा सबै बस्ती भरिभराउ भइसकेका थिए। उपलब्ध भएजति जमीन आप्रवासीले ओगटे तर गैरकानुनी नै भए पनि उनीहरूले थप जमीनमा पनि खेती गर्न थाले। त्यसपछिको एक दशकमा थारुहरूको संख्या स्थिर रहेपनि आप्रवासीहरूको संख्या डेढ लाख पुग्यो। उपत्यका त्यसबेलादेखि भएको परिवर्तनबारे आप्रवासीका पुराना पुस्ताले गर्व गर्छन्। ‘हामीले खोरिया फाँडेर जमिन बनायौँ,’ एक अप्रवासीले भने, ‘नत्र त हामीभन्दा अग्लो हात्ती घाँस अझैपनि यहीँ हुन्थ्यो।’
धान र मकै खेती गर्न जमीन खोज्ने आप्रवासीले घाँसे मैदान फाँडे, रुख ढाले । काठ चिर्ने नयाँ मिलले यस प्रक्रियालाई झनै गति दियो। सन् १९५० को दशकको मध्यतिर उपत्यकाको करिब २० प्रतिशत खेतीयोग्य जमीनमा खेतीपाती थियो। सन् १९७७ सम्म आइपुग्दा उपत्यकाको ५० प्रतिशत जमीनमा खेतीपाती हुँदैथियो। सालको वन नष्ट भयो र घाँसेमैदानहरू झन्डै लोप भए। अहिले तराईभरिमै जम्मा २ प्रतिशत जमीनमा मात्रै अग्ला घाँस बाँकी छन् – त्यो पनि संरक्षित क्षेत्रभित्र।
घाँसेमैदान र जंगललाई धानखेत र मकैबारीले विस्थापन गरेपछि र नयाँ आप्रवासीले आफ्नो आहारमा शिकारको मासु सामेल गरेपछि जंगली जनावरको संख्या घट्यो। रतुवा मृग र अर्ना सन् १९५० को दशकमा हराए। सन् १९६० को दशकको मध्यसम्ममा पाटेबाघ, गैँडा र जंगली हात्तीको संख्या अत्यन्तै घटेर गयो। सारस, बकुल्ला, ट्याकट्याके, खरमजुर र सानो खरमजुरजस्ता घाँसेमैदानमा पाइने चराका प्रजाति लोपोन्मुख छन्। दुर्लभ घरियालले बासस्थान गुमायो।
झन्डै रातारातजसो आप्रवासनले थारुहरूलाई आफ्नै मातृभूमिमा अल्पसंख्यक बनाइदियो। सन् १९५५ मा झन्डै शतप्रतिशत बासिन्दा थारु थिए। सन् १९७० मा आइपुग्दा थारुहरूको संख्या जम्मा १४ प्रतिशतमा झरिसकेको थियो।
थोमस बी. रोबर्टसनको "डीडीटी र शीत युद्धको जंगल: नेपालको राप्ती उपत्यकामा अमेरिकी वातावरणीय र सामाजिक इन्जिनियरिङ” बाट उद्धरण गरिएको
अमेरिकी इतिहासको जर्नल १०४(४)
२०१८
फोटो - डेभ होल
१९६७
पहिलो ट्रयाक्टर
.
"२०१५/१६ सालतिर बाट बल्ल हामीले… त्यो बेलामा स्लिपर भन्थ्यौँ । स्लिपर भएको नामबाट धेरै आउने नि त । अलिअलि चैँ खराउको लगाउनुहुन्थ्यो मेरो बुवाहरू । सवारीसाधन भन्ने कुरा त यहाँ अलि राम्रोसङ्ग चल्न थालेको त कति… ३२/३३ सालबाट अलिअलि बल्ल सेवाहरू सुरु भयो । मेरो ठाँइलो बुवा गुण राज पाठक चैँ भाईहरूमा अलिकता पढ्न ठिकै । धेरै पढेको पनि हैन तैपनि, उहाँ चाहिँ कसरी गर्नुभो… यो बिकास कसरी गर्न सकिन्छ, खेतीपातीलाई कसरी आधुनिकरण गर्न सकिन्छ भन्नेको चैँ एउटा जिज्ञासा रहेछ।
अनि योमै लाग्यो यो मान्छे। अनि, ट्रयाक्टर ल्यायो भने हुन्छ रे भनेपछि उहाँले ट्रयाक्टरको अवधारणा ल्यानुभयो। र ट्रयाक्टरको अवधारणा ल्याउनुभएपछि को-हो-को आफ्नो इष्टमित्रहरूसङ्ग सोधेर, उहाँ ट्रयाक्टर हेर्न कल्कत्ता पुग्नुभएछ, भोल्टाज कम्पनीमा। भोल्टाज कम्पनीमा त्यतिखेर इन्डियाले बनाउथ्यो होला तर, बेलायती चिजहरू थियो त्यतिखेर जम्मै मेड इन इङ्गल्याण्ड (बेलायतमा बनेको) । त्यहाँ गइसकेपछि, त्यहाँको मान्छेले चैँ भन्यो, यहाँ आएर उहाँले वर्णन गर्नुहुन्थ्यो, "देखो, ये ट्रयाक्टर है; ये पहाड भि चढेगा; ये सब तुम्हारा कल्टिभेट करेगा" (हेर, यो ट्रयाक्टर हो; यो पहाड पनि उक्लन्छ; तिम्रो सब खेतीपाती गर्नेछ) भनेर दुई-तीनटा जोत्ने चिजहरू देखायो । अनि पैसा तिरेर २०१५ सालमा सत्र हजार रुपैयाँमा ट्रयाक्टर लिएर आउनुभयो। २०१५ साल तिर मलाई याद छ, हामी चितवन बेलाबेलामा परेवाकोटबाट यहाँ आउन त धेरैबेर लाग्दैन्थ्यो, त्यो पिप्लेबाट प्रतापपुर आउनलाई, एक घण्टा जति (लाग्थ्यो)। अब केटाकेटीको अवस्था हामीलाई रमाइलो नि लाग्ने । त्यो बाटो भर्खर यहाँ खुल्दै थियो। बाटो बनाउँदै थियो । रोहत्तर खोलामा बाटो पुल हाल्न सकेन, कज बियो बनायो । अनि, गाडीहरू एक्दम कम हिँड्थे । बाटो खन्ने मेसिनले बाटो खन्दै जाने, हामीलाई रमाइलो लाग्दै जाने, हामी हेर्दै जाने। यस्तो एवमक्रमले… बस्न पाएहुन्थ्यो भन्ने तर, बस्न नदिने। “ए! जा उता तिमीहरू गैहाल। फेरि, औँलो लागेर मर्छौ भोलि भन्ने। अनि (ज्यान)मारा औँलो नलागोस् भनेर मचान ठुल्ठुला खाँबा गाडेर अग्लो अग्लो माथी गएर बस्नुहुन्थ्यो बुवाहरू । एवमक्रमले सोह्र सालमा चाहिँ यहाँ मलेरिया इर्याडिकेट(उन्मुलन) गर्ने भनेर डी.डी.टी पाउडर छर्किन सुरु भयो। २०१८-२० सालतिर यहाँ एउटा अमेरिकन प्रोजेक्ट (योजना) आयो। अमेरिकन प्रोजेक्ट आएर, अमेरिकनहरू आफैँ आए । कृषि कारिगरी सिकाउने भनेर। सिकाउने भनेर आएपछि अलिकती भाषाको समस्या भएको थियो । अनि, मेरो बुवाहरूले चाहिँ हामी अलिअलि अङ्ग्रेजी पढेको भनेर "अङ्ग्रेजी बोल् योसङ्ग अङ्ग्रेजी बोल् " भन्नुहुन्थ्यो । अब ऊसङ्ग अङ्ग्रेजी बोल्ने त टेन्डेङमेन्डेङ सामान्य भाषा मात्र बोलेर काम लागेन। उस्ले गर्न आएको कुराहरू हामी जम्मै बुझ्न त गाह्रो हुन्थ्यो, हामी बुझ्न सक्दैनथ्यौँ। तर उसले आएर के सिकायो भने- ‘तपाईंको यति जग्गामा कति फल्छ?’ पहिला उस्ले हिसाब गर्यो। यति फल्छ भनेपछि उस्ले त्यस्को रिकर्ड राख्यो । मानौँ, एउटा दस कठ्ठामा उस्ले के भन्यो भने, तपाईंको यति फल्छ भने , म आफैँ बसेर तपाईंलाई यस्को डबल (दोब्बर) फलाइदिन्छु। यो नब्बे दिनमा यो पुरै धान फल्छ, पाक्न नि पाक्छ । अनि त्यस्पछि तपाईं अर्को बाली लगाउन सक्नुहुन्छ। त्यसपछि फेरि अर्को बाली लगाउन सक्नुहुन्छ भनेर त्यो रासायनिक मलहरू प्रयोग गर्न लगायो हेर, पैसा नलिइकन।"
स्वर - हरी शरन पाठक
टाडी






















